Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • नेपालमा थप आठ जनामा कोरोना पुष्टि, १५ जना डिस्चार्ज

    नेपालमा थप आठ जनामा कोरोना पुष्टि, १५ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • शनिबार, १४ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपालमा थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ९६९ वटा नमुना परिक्षण गर्दा थप आठ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ११९ नमुनाको पीसीआर परीक्षण गर्दा पाँच र ८५० नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा तीनजनामा संक्रमण देखिएको हो ।



    पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । पछिल्लो २४ घण्टामा देशभर १५ जना निको भएका छन् ।



    योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६७ हजार ५२ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ११४ रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार