Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कात्तिक वा मंसिरमा संघ र प्रदेशको निर्वाचन गर्ने सत्ता गठबन्धनमा छलफल

    कात्तिक वा मंसिरमा संघ र प्रदेशको निर्वाचन गर्ने सत्ता गठबन्धनमा छलफल

    अनलाइन नेपाल
  • बुधबार, १८ जेष्ठ २०७९
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सत्तारुढ गठबन्धनमा संघ र प्रदेशको निर्वाचन कात्तिक वा मंसिरमा गर्ने गरी छलफल सुरु भएको छ ।

    आगामी कात्तिक अन्तिम वा मंसिर अन्तिम हप्ता प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने गरी छलफल सुरु भएको सत्तारुढ दलका नेताहरुले बताएका छन् ।



    मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकमा निर्वाचनबारे सामान्य छलफल भएको थियो । निर्वाचनबारे छलफल सुरु भएको र नेताहरूको मिश्रित जवाफ आएको बताइएको छ ।



    २०७४ को सालमा मंसिर १० गते र २१ गते गरी दुई चरणमा निर्वाचन भएको थियो । अवधि सकिनुअगावै निर्वाचन गर्न मंसिरअघिको समय उपयुक्त हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार