Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • म्यादी प्रहरीहरुले निर्वाचनमा राम्रो काम गरेको आईजीपीको दाबी

    म्यादी प्रहरीहरुले निर्वाचनमा राम्रो काम गरेको आईजीपीको दाबी

    अनलाइन नेपाल
  • बिहिबार, १९ जेष्ठ २०७९
  • 1.6K
    SHARES

    काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी ) धिरज प्रताप सिंहले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन प्रहरी कर्मचारीहरुले व्यावसायिक रुपमा निर्वाह गरेको जिम्मेवारी र भूमिकाको प्रशंसा गरेका छन्।

    प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा आईजीपी सिंहले सम्पूर्ण म्यादी प्रहरीहरुले समेत अत्यन्त राम्रो काम गरेको दाबी गरेका हुन। प्रहरी कर्मचारीहरूले असल संस्कृति र भातृत्वभावको विकास गर्दै नागरिक सेवाको साथै आफूलाई सुम्पिएको जिम्मेवारी, दायित्व र कामप्रति अनुशासित एवं कटिबद्ध भई काम गर्नुपर्नेमा उनले जोड दिए ।
    आईजीपी सिंहले काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयमा कार्यरत प्रहरी अधिकृतहरुलाई निर्देशन दिँदै उपत्यकास्थित प्रहरी कार्यालयहरुले गर्ने कामबाट देशभरिको पुलिसिङ मापन हुने पनि उल्लेख गरे।



    आईजीपी सिंहले  उपत्यकामा कार्यरत प्रहरी कर्मचारीहरुलाई रोलमोडल भई उदाहरणीय काम गर्न निर्देशन दिए ।



    आईजीपी सिंहले भने , ‘आपराधिक तत्वसँग साँठगाँठ, प्राकृतिक स्रोतको दोहन लगायत जस्तोसुकै गैरकानुनी काममा संलग्न रहेको पाइएमा जोकोहीलाई कारबाहीको दायरामा ल्याइने छ ।’
    कार्यक्रममा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम राज सुवेदीले संगठन प्रमुखबाट प्राप्त निर्देशनलाई अक्षरस पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार