Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नाबालिगमाथि जबरजस्ती करणी

    पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश, जिल्ला अदालतकै आदेश सदर

    पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश, जिल्ला अदालतकै आदेश सदर

    अनलाइन नेपाल
  • बिहिबार, १९ जेष्ठ २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । उच्च अदालत पोखराले नाबालिगमाथि जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाहलाई थुनामै राख्न राख्न आदेश दिएको छ ।

    उच्च अदालत पोखराका न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले उनलाई थुनामा पठाउने जिल्ला अदालत तनहुँ र नवलपुरको आदेश सदर गरेको हो ।



    मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ (१) बमोजिम जिल्ला अदालतको आदेशलाई सदर गरेको उच्च अदालत पोखराले जनाएको छ । पल शाह नाबालिग बलात्कारको मुद्दामा पुर्पक्षका लागि तनहुँ कारागारमा थुनामा छन् ।



    जिल्ला अदालत नवलपुर र तनहुँका आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएपनि उच्च अदालतले दुवै अदालतको आदेश सदर गरेको हो । बलात्कार आरोपमा उजुरी परेपछि गत फागुन ११ गते शाहले प्रहरी समक्ष आत्मसर्मपण गरेका थिए ।

    उनीविरुद्ध तनहुँ र नवलपरासीमा उजुरी परेको थियो। दुबै अदालतले उनलाई पुर्पक्षमा पठाउने आदेश दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार