Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • देशभर थप २६ जनामा कोरोना संक्रमण पुष्टि, नौ जना डिस्चार्ज

    देशभर थप २६ जनामा कोरोना संक्रमण पुष्टि, नौ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • शुक्रबार, २० जेष्ठ २०७९
  • 972
    SHARES

    काठमाडौं । देशभर थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ६०५ को नमूना परीक्षण गर्दा चार हजार ५२८ ले पिसीआर र एक हजार ७७ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    सो अवधिमा नौ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ११९ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।



    पछिल्लो २४ घण्टामा ८२ हजार ४१३ ले कोभिडविरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १११ रहेको छ ।



    अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । होम आइसोलेशनमा ११०, संस्थागत आइसोलेसनमा एक र आइसियुमा एक जना सङ्क्रमित रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार