Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • काठमाडौंको विकास निर्माणका काममा तीनै तहले समन्वय गर्नुपर्ने निर्णय

    काठमाडौंको विकास निर्माणका काममा तीनै तहले समन्वय गर्नुपर्ने निर्णय

    अनलाइन नेपाल
  • शनिबार, २१ जेष्ठ २०७९
  • 990
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र विकास निर्माण र भौतिक पूर्वाधारको काम गर्दा तीनै तहका सरकारी निकायद्वारा समन्वय गरेर मात्रै काम कारबाही अघि बढाउनु पर्ने भएको छ ।

    शुक्रवार कामपाका प्रमुख बालेन्द्र साहको संयोेजकत्वमा बसेको बैठकले कामपामा हुने विकास निर्माणका जति पनि कामको लागि सम्बद्ध सबै निकायले साझा उपाय अबलम्वन गर्ने गरी अघि बढ्नुपर्ने निर्णय गरेको हो ।





    बैठकले आगामी महिनाबाट प्रत्येक पहिलो सोमवार दिउँसो ३ बजे कामपाको प्रमुखको अध्यक्षतामा बैठक बसी कामपाभित्रका निर्माण तथा सेवा प्रवाहको बारेमा सम्बन्ध भएका निकायले जानकारी गराउनुपर्ने निर्णय गरेको बताइएको छ ।

    बैठकमा उपप्रमुख डंगोल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल दूरसञ्चार प्राधिकरण, सडक विभाग र मेलम्ची खानेपानी आयोजनाका प्रतिनिधिको पनि सहभागिता थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार