Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सुदूरपश्चिममा भारतबाट फर्किएका नागरिकमा देखिन थाल्यो कोरोना

    सुदूरपश्चिममा भारतबाट फर्किएका नागरिकमा देखिन थाल्यो कोरोना

    अनलाइन नेपाल
  • शनिबार, २१ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    बैतडी । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा कोरोना संक्रमण देखिन थालेको छ ।

    यहाँ थप एकजनामा कोरोना संक्रमण देखिएको हो । शुक्रबार २१६ स्वाब नमुना परीक्षण गर्दा एकजनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।



    स्वास्थ्य निर्देशनालयका अनुसार गौरीफन्टा नाकाबाट स्वदेश आइरहेका कैलालीका एक व्यक्तिमा सीमानाकामै एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।



    जेठ ३ गतेयता १८ दिनपछि यस प्रदेशमा अर्को व्यक्तिमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ । कोरोना संक्रमण बढेपछि भारतसँग सीमा जोडिएका नाकाहरूमा सतर्कता अपनाइएको छ ।

    सतर्कताअनुरूप सीमानाकाहरूमा हाल पनि परीक्षण कार्य जारी छ । यस प्रदेशका गड्डाचौकी, गौरीफन्टा, झुलाघाट र पुलघाट नाकामा कोरोना परीक्षण कार्य जारी रहेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार