Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • माओवादी केन्द्रले पार्टी सदस्यबाट वार्षिक १०० सय लेवी उठाउने

    माओवादी केन्द्रले पार्टी सदस्यबाट वार्षिक १०० सय लेवी उठाउने

    अनलाइन नेपाल
  • आइतबार, २२ जेष्ठ २०७९
  • 834
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रले नेतादेखि कार्यकर्तासम्मबाट वार्षिक १०० सय रुपैयाँ उठाउने निर्णय गरेको छ ।

    आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति बैठकले पार्टी सदस्यबाट वार्षिक १०० सय लेवी उठाउने निर्णय गरेको पूर्व स्थायी समिति सदस्य हरिबोल गजुरेलले बताए ।



    पार्टी कार्यालय सञ्चालनदेखि पार्टीका महत्वपूर्ण इभेन्ट सञ्चालन गर्न वार्षिक एकसय रुपैयाँ उठाउने निर्णय गरेको हो ।



    कुल ८ लाख पार्टी सदस्यबाट वार्षिक एक सय रुपैयाँ उठाएमा कुल ८ करोड रुपैयाँ जम्मा हुने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार