Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कैलालीबाट ८६ हजार नगदसहित पाँच जुवाडे पक्राउ

    कैलालीबाट ८६ हजार नगदसहित पाँच जुवाडे पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २६ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    कैलाली । कैलालीबाट जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ ।

    जिल्लाको धनगढी उपमहानगरपालिका –१ वसन्तटोलस्थित ४० वर्षीया दिपु श्रीमालको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई नगद ८६ हजार र पाँच गड्डी ताससहित पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा डोटी जिल्ला दिपायल सिलगढी नगरपालिका–६ घर भई हाल धनगढी–३ बस्ने ६२ वर्षीय तेजबहादुर बोगटी, धनगढी–१ का ४८ वर्षीय धनबहादुर खड्का, सोही ठाउँका ३० वर्षीय रमेश श्रीमाल, धनगढी–७ का २५ वर्षीया रामकृष्ण राना र धनगढी–७ कै ३९ वर्षीया शान्त राम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



    पक्राउ परेका पाँचै जनामाथि आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार