Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • क्रिस्टियानो रोनाल्डो विरुद्धको बलात्कार मुद्दा खारेज

    क्रिस्टियानो रोनाल्डो विरुद्धको बलात्कार मुद्दा खारेज

    अनलाइन नेपाल
  • आइतबार, २९ जेष्ठ २०७९
  • 915
    SHARES

    फाइल फोटो

    एजेन्सी । अमेरिकी न्यायाधीशले क्रिस्टियानो रोनाल्डो विरुद्धको बलात्कार अभियोगको मुद्दा खारेज गरेका छन् । आरोप लगाउने वकिलले चुहावट र चोरीको रेकर्डमा भर परेको भन्दै मुद्दा खारेज भएको हो ।

    क्याथरिन मेयोर्गाले सन् २००९ मा म्यानचेस्टर युनाइटेडका फुटबलरले आफूलाई लस भेगासको होटलमा बलात्कार गरेको आरोप लगाएकी थिइन् । रोनाल्डोले सो आरोप अस्वीकार गर्दै आएका छन् ।



    मेयोर्गाले कथित रूपमा सन् २०१० मा अदालतबाहिर यस विषयमा सम्झौतामा पुगेकी थिइन्, तर अहिले उनले प्राप्त गरेको ३ लाख ७५ हजार डलरभन्दा लाखौँ बढी खोजिरहेकी छिन्।



    घटनालगत्तै समझौता गर्न सहमत भए पनि आफ्नो भावनात्मक स्थितिले मध्यस्थता प्रक्रियामा भाग लिन अनुमति नदिएको र प्रस्ताव स्वीकार गर्न दबाब महसुस गरेको मेयोर्गाको तर्क रहेको छ​ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार