Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • चीनले भन्यो – ताइवान स्वतन्त्र बनाउने प्रयासले युद्ध निम्त्याउन सक्छ

    चीनले भन्यो – ताइवान स्वतन्त्र बनाउने प्रयासले युद्ध निम्त्याउन सक्छ

    अनलाइन नेपाल
  • आइतबार, २९ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । चीनले ताइवानलाई आफ्नो देशबाट छुट्ट्याउने प्रयत्नविरुद्ध सैन्य शक्ति प्रयोग गर्ने चेतावनी अमेरिकालाई दिएको छ ।

    चीनका रक्षामन्त्री वे फेङ्गेले एसियाली सुरक्षा सम्मेलनका अवसरमा अमेरिकी समकक्षी लोयड अस्टिनसँग भेटवार्ता गरेका हुन् ।



    भेटका क्रममा वेले ताइवानलाई चीनबाट छुट्याइएको खण्डमा ‘चिनियाँ सेनासँग जुनसुकै हालतमा लड्नुबाहेक अन्य विकल्प नहुने’ बताएका हुन्  ।



    वार्तापछि बोल्दै अस्टिनले चिनियाँ सैनिक गतिविधि ‘उत्तेजनापूर्ण र अस्थिरता निम्त्याउने खालका’ भएको बताए । ताइवानमाथि चीनले दैनिकजसो ठूलो संख्यामा वायुयानहरू उडाइरहेका र त्यसले उक्त क्षेत्रमा ‘शान्ति र स्थिरतालाई अवमूल्यन गरिरहेको’ अस्टिनको भनाइ छ ।

    चीनले आफ्नो भूमिको अभिन्न अंग मान्ने स्वशासित ताइवानलाई हतियार बेचेको भन्दै चिनियाँ रक्षामन्त्री वेले अमेरिकाको निन्दा गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार