Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका सन्तोषजनक रहेको डा. कोइरालाको भनाई

    प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका सन्तोषजनक रहेको डा. कोइरालाको भनाई

    अनलाइन नेपाल
  • सोमबार, ३० जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका सन्तोषजनक रहेको टिप्पणी गरेका छन् ।

    सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले प्रधानमन्त्री देउवाले पार्टी र सरकारको नेतृत्वको रूपमा लिएको निर्णयमा आफूहरूको कुनै विरोध नभएको पनि स्पष्ट पारे ।



    उनले पार्टीभित्र सबैसाग सल्लाह गरेर नै देउवाले निर्णय लिने भएकाले यसमा असहमति राख्नुपर्ने कुनै कारण नरहेको प्रतिक्रियासमेत दिए । पार्टीका पदाधिकारीलाई पनि देउवाले पदअनुसारको भूमिका दिएको महामन्त्री कोइरालाको भनाइ थियो ।



    नेता कोइरालाले राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण आयोग आफू मातहत राख्नेरनराख्ने भन्ने कुरा प्रधानमन्त्रीको अधिकारको कुरा भएकाले त्यसमा विरोध गर्नुको कुनै अर्थ नरहेको तर्क गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार