Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • श्रीलङ्कामा कृषि उत्पादन बढाउन शुक्रवार पनि सार्वजनिक बिदा दिने निर्णय

    श्रीलङ्कामा कृषि उत्पादन बढाउन शुक्रवार पनि सार्वजनिक बिदा दिने निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, ३१ जेष्ठ २०७९
  • 1.7K
    SHARES

    एजेन्सी । श्रीलङ्काले कृषि प्रवर्द्धनका लागि शुक्रवार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघि हप्ताको शनिवार र आइतवार सार्वजनिक बिदा दिँदै आएको श्रीलङ्काले अब हप्ताको तीन दिन बिदा दिन लागेको हो ।

    मन्त्रिपरिषद् बैठकले सरकारी कर्मचारीलाई कृषि कर्ममा प्रोत्साहन गरी देशको कृषि उत्पादन बढाउनका लागि शुक्रवार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।



    यस्तै सरकारले वैदेशिक रोजगारीमा जान चाहने सरकारी कर्मचारीलाई पाँच वर्षसम्म बेतलबी बिदा दिने निर्णय पनि गरेको छ । प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले केही दिनअघि आफ्नो देशले चरम खाद्यान्न अभावको सामना गरिरहेकोबताएका थिए ।



    विज्ञहरूले पनि अत्यावश्यक खाद्यवस्तुको उत्पादन कम भएकाले आउँदो सेप्टेम्बरदेखि चामल र अन्य खाद्यवस्तुको अभाव हुने चेतावनी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार