Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • श्रीलङ्कामा इन्धन अभाव : अफिसको सट्टा घरबाटै काम गर्न सरकारको आग्रह

    श्रीलङ्कामा इन्धन अभाव : अफिसको सट्टा घरबाटै काम गर्न सरकारको आग्रह

    अनलाइन नेपाल
  • शनिबार, ४ असार २०७९
  • 792
    SHARES

    फाइल तस्विर

    एजेन्सी । इन्धनको अभावका कारण श्रीलङ्का सरकारले अत्यावश्यक बाहेकका सेवामा संलग्न कर्मचारीहरूलाई दुई साता घरबाटै काम गर्न सल्लाह दिएको छ ।

    यससँगै विद्यालयहरूलाई अनलाइन अध्ययन गर्न पनि भनिएको छ । विदेशी मुद्रा सञ्चिति सकिएपछि श्रीलङ्काले इन्धन आयात गर्न निरन्तर सङ्घर्ष गरिरहेको छ ।



    इन्धन अभावका कारण श्रीलङ्काका सयौँ पेट्रोल पम्प बन्द छन् भने सार्वजनिक यातायात नराम्ररी प्रभावित भएको छ ।



    सरकारले आगामी दुई साता यात्रा गर्न कठिन हुने जनाएको छ । श्रीलङ्काले पेट्रोल र डिजेल किन्न भारतसँग थप आर्थिक सहयोग मागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार