Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • एसपीपीका नाममा अमेरिकाले विभिन्न विषय घुसायो : सभापति निरौला

    एसपीपीका नाममा अमेरिकाले विभिन्न विषय घुसायो : सभापति निरौला

    अनलाइन नेपाल
  • आइतबार, ५ असार २०७९
  • 975
    SHARES

    काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति सभापति पवित्रा निरौला खरेलले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सन् २०१५ मा भूकम्प पीडितका लागि सहयोग लिन स्वीकार गरिएको हुनसक्ने तर पछिल्लो समयमा अमेरिकाले विभिन्न विषय जोड्दै गएको बताइन् ।

    उनले एमपीपीमार्फत नेपालमा अमेरिकी सेना आउने हुने कि भन्ने आशंका उब्जिएको पनि बताइन् ।



    अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा एसपीपी र प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिलाई लिएर विवाद भएको थियो ।



    एसपीपीबारे उनले भनिन्, ुसन् २०१५ मा भूकम्प पीडितका लागि सहयोग लिन स्वीकार गरियो होला तर पछि अमेरिकाले विभिन्न विषय घुसायो,ु उनले भनिन् ।

    एसपीपीलाई पछि गएर हिन्द प्रशान्त सैन्य रणनीतिमा अमेरिकाले जोडेको उनको भनाइ थियो ।

    २०७२ सालमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको केही दिनमा नै तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी दूतावासलाई एसपीपीबारे पत्राचार गरेका थिए ।

    पछि एसपीपीलाई सैन्य गठबन्धनमा राखिएको भन्दै सन् २०१९ मा तत्कालीन सरकारले होल्डमा राखेको थियो । हाल प्रधानमन्त्री देउवा अमेरिका भ्रमणमा जान लागेको सूचना आएपछि एसपीपी बहस र विवादमा आएको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार