Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पुराना घटनाहरूको अनुसन्धानलाई उच्च प्राथमिकतामा राख्न आईजीपीको निर्देशन

    पुराना घटनाहरूको अनुसन्धानलाई उच्च प्राथमिकतामा राख्न आईजीपीको निर्देशन

    अनलाइन नेपाल
  • आइतबार, ५ असार २०७९
  • 1.2K
    SHARES

    काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले  पुराना घटनाहरूको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी सबै घटनाको अनुसन्धान सफल बनाउनेतर्फ अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरू सक्रिय हुनुपर्नेमा जोड दिएका छन्।

    नेपाल प्रहरी प्रधान कार्यालयबाट भिडियो कन्फ्रेन्स मार्फत् आइतबार आयोजित कार्यक्रममा आईजीपी सिंहले सातवटै प्रदेश प्रहरी कार्यालयहरू तथा मातहत नेपाल प्रहरी प्रदेश कार्यालयहरू, प्रदेश ट्राफिक प्रहरी कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू, सशस्त्र प्रहरी गणहरू, दंगा नियन्त्रण प्रहरी गण लगायतका कार्यालय प्रमुखहरूलाई निर्देशन दिँदै उक्त कुरा वताएका हुन।
    प्रहरी महानिरीक्षक सिंहले सिमावर्ती क्षेत्रमा हुने अपराध, तस्करी, मिटरव्याजी जस्ता गतिविधि नियन्त्रणका लागि प्रहरी निर्ममताका साथ लाग्नुपर्ने चर्चा गर्नुहुँदै आपराधिक क्रियाकलाप एवं गतिविधिहरूमाथि विषेष निगरानी राख्न निर्देशन दिए ।



    त्यस्ता गतिविधिमा संलग्न विभिन्न आवरणका व्यक्तिहरूसँग प्रहरी कर्मचारीहरूको साँठगाँठ भएको पाइए क्षम्य नहुने उनको भनाइ थियो । आईजीपी सिंहले कार्यालय प्रमुखहरूको काममा आफ्नो पहिचान गासिएको हुनाले अवसरलाई सदुपयोग गरी भ्रष्टाचारमा शून्य शहनसिलता कायम र नागरिक हितको लागि विशेष काम गर्दै सम्मान पाउने वातावरण बनाउन आग्रह गरे ।



    साथै उनले वर्षाको समयमा हुन सक्ने बाढी पहिरो जस्ता विपद्का घटना न्यूनिकरण एवम् उद्दारका लागि तयारी हालतमा बस्ने, स्थानीय तह एवम् सरोकारवाला निकायसँग आपसी सहयोग र समन्वयका साथ विशेष सक्रियता देखाउन निर्देशन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार