Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सांसदहरूले गरे सरकारो विरोध

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सांसदहरूले गरे सरकारो विरोध

    अनलाइन नेपाल
  • सोमबार, ६ असार २०७९
  • 789
    SHARES

    काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनता मारमा परेको भन्दै सांसदहरूले सरकारो विरोध गरेका छन् ।

    मूल्यवृद्धि रोक्नका लागि सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । सातामै दुई पटकसम्म मूल्यवृद्धि गरेको र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि अन्य वस्तुमा पनि अत्यधिक मूल्यवृद्धि हुने भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् ।



    प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का साथै सरकारमा रहेका दलका सांसदहरूले पनि सरकारलाई मूल्यवृद्धि नियन्त्रणमा राख्न माग गरेका छन् ।



    प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले सरकार मूल्यवृद्धि रोक्न चुकेको पनि बताएका छन् ।

    सत्तारुढ माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले मूल्यवृद्धिबाट जनतालाई राहत दिन माग गरे । उनले पेट्रोलियम पदार्थको विकल्प खोज्नुपर्ने धारणा राखे ।

    नेमकिपाका सांसद प्रेम सुवालले खाना पकाउनका लागि जनतालाई सस्तोमा विद्युत् उपलब्ध गराउन माग गरे । उनले सरकारको गलत नीतिका कारण पनि मुलुकमा इन्धनको मूल्यवृद्धि भएको र जनता मारमा परेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार