Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • तीन दिनदेखि बेपत्ता बैतडीकी एक युवती त्रिनगर सीमानाकाबाट उद्धार

    तीन दिनदेखि बेपत्ता बैतडीकी एक युवती त्रिनगर सीमानाकाबाट उद्धार

    अनलाइन नेपाल
  • सोमबार, ६ असार २०७९
  • 1.3K
    SHARES

    बैतडी । तीन दिनदेखि बेपत्ता रहेकी बैतडीकी एक युवतीको त्रिनगर सीमानाकाबाट उद्धार गरिएको छ। सिगास गाउँपालिका– ८ का रमेश बोहराकी १८ वर्षीया श्रीमती सरस्वती बोहराको त्रिनगरबाट उद्धार गरिएको हो।

    घरपरिवारले दिएको निवेदनको आधारमा खोजतलास गर्दै जाँदा भारत जाँदै गरेको अवस्थामा सीमानाका त्रिनगरबाट उद्धार गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।



    उद्धार गरिएकी युवतीको घरपरिवारलाई खबर भइसकेको प्रहरीले जनाएको छ।



    भारतमा कोही आफन्त नरहेको र सरस्वती किन भारत जाँदै थिइन् भन्ने खुल्न नसकेको प्रहरीले जनाएकाे छ। यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। शनिबार बिहान रोपाइँ गर्न भनी घरबाट हिँडेकी सरस्वती एक्कासी बेपत्ता भएकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार