Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • काठमाडौं महानगरले भन्यो – साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर राख्नू

    काठमाडौं महानगरले भन्यो – साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर राख्नू

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 954
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न आग्रह गरेको छ ।

    बिहीबार एक सुचना जारी गर्दै महानगरले साउन १ गतेदेखि महानरवासीलाई फोहोर वर्गीकरण गर्न आग्रह गरेको हो । यदि सो नगरिएको पाइएमा प्रत्येक पटक पाँच सय रुपैयाँ जरिबाना तिराउने महानगरले चेतावनी दिएको छ ।



    काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा २२ (१), (२) र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ६ (१), (२) को व्यवस्था अनुसार ०७९ साल साउन १ गतेदेखि स्रोतमा कुहिने र नकुहिने फोहोर छुट्याउन महानगरवासीलाई आग्रह गरिएको छ ।



    उक्त व्यवस्था अनुसार जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएकोले फोहोर पृथकीकरण गरी कुहिने फोहोर संकलन गर्न आउने दिन कुहिने फोहोर मात्रै संकलन गर्ने र नकुहिने फोहोर संकन गर्न आउने दिन नकुहिने फोहोर मात्रै संकलन गर्ने महानगरले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार