Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • डाइटिङका कारण ४० किलो तौल घटाएर २५ किलोकी भइन् युवती

    डाइटिङका कारण ४० किलो तौल घटाएर २५ किलोकी भइन् युवती

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 1K
    SHARES

    एजेन्सी । एक वर्षमा ४० किलो तौल घटाएपछि चीनकी एक ३० वर्षीया महिला पछिल्लो समयमा चर्चामा आएकी छिन् । चीनको हुबेई प्रान्तकी नाम नखुलाइएकी ती महिला सुरुमा ६५ किलो थिइन् ।

    १६५ सेमी उचाई भएकी उनले अत्यधिक डाइटिङका कारण एक वर्षमा आधाभन्दा बढी तौल घटाएपछि स्वास्थ्यसम्बन्धी गम्भीर समस्या सामना गरेकी छिन् ।



    हेङ्सुई सहरको एक अस्पतालका चिकित्सकहरू ती महिलाको तौल जम्मा २५ किलोग्राम देखेपछि चकित परेका थिए । उनका विभिन्न अंगले काम गर्न छोडेका थिए ।



    मुटुमा समस्या देखिएको थियो भने कपाल झर्न सुरु भएको थियो । उनलाई ग्यास्टिक हुनुका साथै महिनावारी रोकिएको थियो । जीवनशैलीमा गम्भीर परिवर्तन नगरेमा उनी मर्न सक्ने चेतावनीका बाबजुद ती महिलाले चिकित्सकले सिफारिस गरेको उपचार अस्वीकार गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार