Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • एसपीपी अस्वीकार गर्ने नेपालको निर्णयलाई चीनले गर्‍यो स्वागत

    एसपीपी अस्वीकार गर्ने नेपालको निर्णयलाई चीनले गर्‍यो स्वागत

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 852
    SHARES

    काठमाडौं । अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अस्वीकार गर्ने नेपाल सरकारको निर्णयलाई चीनले प्रशंसनीय भएको टिप्पणी गरेको छ ।

    चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबीनले नियमित पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा नेपालको एसपीपीमा नरहने निर्णयको प्रशंसा गरेका हुन् ।



    विदेश मन्त्रालयका प्रवक्ताले ‘हामीले नेपालमा स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई लिएर व्यापक विवाद भएको घटनामाथि नजर राखेको’ बताए । प्रवक्ता बेनबिनले ‘एसपीपीलाई नेपालका विभिन्न राजनीतिक दल र गुट, नेपाल सरकार, नेपाली सेना र नेपाली समाजका विभिन्न तप्काले एसपीपीलाई इन्डो–प्यासिफिक रणनीतिसँग घनिष्ट रूपमा जोडिएको सैन्य र सुरक्षा पहलका रूपमा बुझे ।



    एसपीपीका केही बुदा नेपालको राष्ट्रिय हित तथा लामो समयदेखि देशले अंगिकार गरिरहेको असलग्न , सन्तुलित परराष्ट्र नीतिविरुद्ध हुने देखे । यसैले नेपालको मन्त्रिपरिषद् बैठकले एसपीपीमा अगाडि नबढ्ने निर्णय गरेको ’ कुरालाई नोट गरेको पनि बताए ।

    यी सबैलाई ध्यान दिएर नेपालको मित्रवत र नजिकको छिमेकी तथा रणनीतिक सहयोगी साझेदार भएकाले चीनले नेपाल सरकारको निर्णयको प्रशंसा गर्ने वेनबिनले स्पष्ट पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार