Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • रणवीर कपुरको फिल्म ‘शमशेरा’को ट्रेलर सार्वजनिक

    रणवीर कपुरको फिल्म ‘शमशेरा’को ट्रेलर सार्वजनिक

    अनलाइन नेपाल
  • शुक्रबार, १० असार २०७९
  • 1K
    SHARES

    एजेन्सी । रणवीर कपुर स्टारर बलिउड फिल्म ‘शमशेरा’को ट्रेलर सार्वजनिक भएको छ । दास हुँदै नेता बनेको एक योद्धाको कथामा आधारित फिल्ममा रणवीर दोहोरो भूमिकामा देखिएका छन् ।

    यशराज फिल्म्सले शुक्रबार सार्वजनिक गरेको ट्रेलरमा स्वतन्त्रताका लागि रणवीरले गरेको संघर्ष र खलपात्रको भूमिकामा देखिएका सञ्जय दत्तसँगको द्वन्द्वलाई समेटिएको छ ।



    खाकीको बर्दी र निधारमा सेतो टीका लगाएका सञ्जय ट्रेलरमा ‘भयंकर’ स्वरुपमा देखिएका छन् । रणवीरको प्रेमिकाको भूमिकामा देखिएकी वाणी कपुर पनि ट्रेलरमा अटाएकी छन् ।



    यशराज फिल्म्सको ब्यानरमा बनेको फिल्मले स्वतन्त्रताको कथा प्रस्तुत गर्छ । फिल्मका निर्देशक करण मलहोत्रा हुन् । जुलाई २२ मा रिलिज हुने ‘शमशेरा’का निर्माता आदित्य चोपडा हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार