Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • रणवीर स्टारर प्रतीक्षित बलिउड फिल्म ‘एनिमल’को टिजर सार्वजनिक

    रणवीर स्टारर प्रतीक्षित बलिउड फिल्म ‘एनिमल’को टिजर सार्वजनिक

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असोज २०८०
  • 1K
    SHARES

    एजेन्सी । रणवीर कपुर र रश्मिका मन्दाना स्टारर प्रतीक्षित बलिउड फिल्म ‘एनिमल’को टिजर सार्वजनिक भएको छ ।

    रणवीर पहिलोपटक भिन्न अवतारमा प्रस्तुत भएका छन् । अनिल कपुरले उनका पिताको भूमिका निर्वाह गरेका छन् ।



    टिजरमा बाबुछोराको नोकझोंक देख्न सकिन्छ । यी दुईबीचको भिडन्तको कारण के हो, यसको पछाडि कुनै इतिहास छ रु टिजरमा यही देखाउने प्रयास गरिएको छ ।



    फिल्ममा रश्मिका पनि शीर्ष भूमिकामा छिन् । टिजर उनी र रणवीरको दृश्यबाट सुरु हुन्छ । टिजरको अन्त्यमा बबी देओल ‘इन्टेन्स लुक’मा देखिएका छन् ।

    फिल्ममा बबीले खलनायकको भूमिका निर्वाह गरेका छन् । फिल्मका निर्माता भूषण कुमार हुन् ।

    सन्दीप वांगा रेड्डीको निर्देशनमा बनेको यो फिल्म मंसिर १५ गते ९डिसेम्बर १० रिलिज हुँदैछ । सन्दीप रेड्डी वांगाले यसअघि ‘कबीर सिंह’ निर्देशन गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार