Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • अभिभावक बन्दै आलिया र रणवीर कपुर

    अभिभावक बन्दै आलिया र रणवीर कपुर

    अनलाइन नेपाल
  • सोमबार, १३ असार २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । बलिउड कपल रणवीर कपुर र आलिया भट्ट चाँडै अभिभावक बन्दैछन् ।

    सबैलाई सरप्राइज दिंदै आलियाले आफू गर्भवती भएको खुलासा गरेकी छन् । इन्स्टाग्राममा सोमबार बिहान तस्वीर पोस्ट गर्दै उनले यसबारे जानकारी दिएकी हुन् ।



    ‘हाम्रो बच्चा चाँडै आउँदैछ,’ उनको तस्वीरको क्याप्सन छ । तस्वीरमा उनी अस्पतालको शैय्यामा आफ्नो गर्भावस्थाको जाँच गराउँदै गरेको देख्न सकिन्छ ।



    आलियाको यो तस्वीरमा एक मिनेटमै पाँच लाख लाइक प्राप्त भएको थियो । रणवीरकी बहिनी रिदिमा कपुरदेखि बलिउड कलाकारले समेत इमोजी राख्दै बधाई दिइरहेका छन् । करण जोहर, प्रियंका चोपडा लगायतले पनि बधाई दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार