Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • बक्स अफिसमा ‘एनिमल’ को धमाकेदार सुरुवात

    बक्स अफिसमा ‘एनिमल’ को धमाकेदार सुरुवात

    अनलाइन नेपाल
  • शनिबार, १६ मंसिर २०८०
  • 597
    SHARES

    एजेन्सी । रणवीर कपुर अभिनीत एनिमेलले घरेलु बक्स अफिसमा धमाकादार सुरुवात गरेको छ ।

    सन्दीप रेड्डी वाङ्गा निर्देशित चलचित्रले मिश्रित प्रतिक्रिया पाइरहेको छ । वाङ्गाको यसअघिको चलचित्र ‘कविर सिंह’ जस्तै यस चलचित्रको पनि नारीद्वेषी भन्दै आलोचना पनि भइरहेको छ ।



    यसका बाबजुद चलचित्रले घरेलु बक्स अफिसमा ६१ करोड भारतीय रुपैयाँ कमाएको रिपोर्टमा उल्लेख छ । त्यस्तै, चलचित्रले विश्वभर ११० देखि ११५ करोड भारतीय रुपैयाँ कमाएको छ।



    उनका अनुसार चलचित्रले उत्तर अमेरिकामा पहिलो दिनमा २५ लाख डलर कमाएको छ ।दिल्ली एनसीआर क्षेत्रमा चलचित्रले १ हजार ३१८ शो पाएको थियो ।

    यसमा दर्शकको उपस्थिति ७९ प्रतिशत रहेको थियो । त्यस्तै मुम्बईमा १ हजार ४० शोमा ५५ प्रतिशत दर्शकको उपस्थिति रहेको थियो । तेलुगुमा हैदरबादमा ३ सय १६ शो रहेकोमा त्यहाँ भने दर्शकको ८२ प्रतिशत उपस्थिति थियो ।

    तमिल भर्सनमा चेन्नईमा चलचित्रको ८८ शोमा ३० प्रतिशत मात्र दर्शकको उपस्थिति रहेको थियो । यो वर्ष शाहरुखको जवानले सबैभन्दा ठुलो ओपनिङ गरेको थियो । चलचित्रले पहिलो दिन भारतभर ७५ करोड रुपैयाँ कमाएको थियो ।

    दोस्रो स्थानमा ५७ करोड भारुसहित शाहरुखकै पठान थियो । एनिमलले अब सो स्थान ओगट्न सफल भएको छ । चौथो स्थानमा सलमानको टाइगर ३ ले पहिलो दिनमा ४४.५० करोड भारु कमाएको थियो ।

    एनिमल विक्की कौशलको साम बहादुरसँगै रिलिज गरिएको थियो । चलचित्रले पहिलो दिन ५.५ करोड भारु मात्र कमाउन सक्यो । सन्दीपको पछिल्लो चलचित्र कविर सिंह सन् २०१८ मा रिलिज भएको थियो । चलचित्रले पहिलो दिन २०.२१ करोड कमाए पनि अन्ततः २७८ करोड भारु कमाउन सफल भएको थियो ।

    रणवीरकपुरको हालसम्म सबैभन्दा ठुलो हिट राजकुमार हिरानीको सञ्जु रहेको छ । चलचित्रले ३४२.५३ करोड कमाएको छ । सो चलचित्रले पहिलो दिन ३४.७५ करोड भारु कमाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार