Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • रणवीरको शमशेरालाई १ करोड जरिवाना

    रणवीरको शमशेरालाई १ करोड जरिवाना

    अनलाइन नेपाल
  • शनिबार, ४ भाद्र २०७९
  • 984
    SHARES

    एजेन्सी । दिल्ली उच्च अदालतले रणवीर कपुरको फिल्म ‘शमशेरा’लाई ओटीटीमा रिलिज गर्न अनुमति दिएको छ ।

    अदालतले यशराज फिल्मस्लाई अगष्ट २२ सम्ममा अदालतको रजिष्ट्रीमा एक करोड रुपैंयाँ जम्मा गर्नसमेत भनेको छ । यो मामला कपी राइट उल्लङ्घनसँग जोडिएको छ ।



    फिल्मको ओटीटी रिलिजसँग जोडिएको मामलामा सुनुवाई गर्दै न्यायाधीश ज्योति सिंहले विक्रमजीत भूल्लरद्वारा दायर एक मुद्धामा यो आदेश जारी गरिएको हो ।



    भुल्लरले फिल्म निर्माताले उनको साहित्यिक कृति ‘कबहु ना छाडे खेत’ को कपी राइट उल्लंघन गरेको दाबी गरेका छन् । अदालतले तोकिएको समयमा पैसा जम्मा नगरे ओटीटीमा फिल्म प्रसारणमा रोक लगाउने र त्यो अगष्ट २३ बाट कार्यान्वयन हुनेसमेत बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार