Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • म्यान्मारकी नेत्री सुकी नजरबन्दबाट एकान्त काराबासमा

    म्यान्मारकी नेत्री सुकी नजरबन्दबाट एकान्त काराबासमा

    अनलाइन नेपाल
  • शुक्रबार, १० असार २०७९
  • 786
    SHARES

    एजेन्सी । भ्रष्टाचारको आरोपमा म्यान्मारको राजधानी नेपिटोमा सेनाले बनाएको जेल परिसरमा नजरबन्दमा राखिएकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई एकान्त कारावासमा सारिएको छ ।

    आपराधिक कानून बमोजिम उनलाई बुधबारदेखि एकान्त कारागारमा राखिएको सैनिक सरकारका प्रवक्ता जाव मिन तुनले बताएका हुन् ।



    सेनाले रक्तपातविहीन विप्लवबाट सत्ता हत्याएपछि सन् २०२१ को फेब्रुवरीयता सुकीलाई सैनिक सरकारले घरमै नजरबन्दमा राखेको थियो र पछि नेपिटोको कारागारमा बन्दी बनाएको थियो ।



    लोकतन्त्रका निम्ति गरेको अनवरत सङ्घर्षका निम्ति नोबेल शान्ति पुरस्कार पाएकी ७६ वर्षीया सुकीमाथि सैनिक सरकारले मदतानमा धाँधली गरेको, वाकीटकी रेडियो सेट घरमा राखेको र कोरोनासम्बन्धी नियम तोडेकोलगायत आरोप लगाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार