Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ओलीले पार्टी जोगाउन प्रधानमन्त्री पद छाड्न तयार भएको नेता गौतमको खुलासा

    ओलीले पार्टी जोगाउन प्रधानमन्त्री पद छाड्न तयार भएको नेता गौतमको खुलासा

    अनलाइन नेपाल
  • शनिबार, ११ असार २०७९
  • 720
    SHARES

    काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता जोगाउन प्रधानमन्त्री पद छाड्न तयार भएको खुलासा गरेका छन् ।

    शनिबार आयोजित भेलालाई सम्बोधन गर्दै गौतमले ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई आफूले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउने र उनैको नेतृत्वमा निर्वाचनमा जाने अफर गरेको बताएका हुन् ।



    माओवादी केन्द्रका अध्यक्ष दाहालले केपी ओलीलाई लगाएको आरोपहरू फिर्ता लिएको भए सायद पार्टी एकता जोगिने बताए ।



    उनले भने, ‘दुई अध्यक्षबीच भएको बैठकमा म पनि पुगेको थिएँ । त्यहाँ अध्यक्ष ओलीले म पार्टी एकता जोगाउन आएको छु । यसका लागि जे पनि गर्न तयार छु भन्नुभयो । म एउटा पद छाड्न तयार छु । ‘

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार