Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जन्मदिन मनाउन मोरङ आएका वृद्ध मृत भेटिए

    जन्मदिन मनाउन मोरङ आएका वृद्ध मृत भेटिए

    अनलाइन नेपाल
  • आइतबार, १२ असार २०७९
  • 804
    SHARES

    फाइल तस्विर

    विराटनगर । आफन्तको जन्मदिन मनाउन मोरङको उर्लाबारी आएका एक वृद्धको शव खेतमा भेटिएको छ ।

    आफन्तको जन्मदिन मनाउन मोरङको उर्लाबारीमा आएका झापाका ६६ वर्षीय नैनसिंह विकको शव आइतबार बिहान फेला परेको हो ।



    घोप्टो परेको अवस्थामा मृत भेटिएको र मृत्युको कारण नखुलेको प्रहरीले बताएको छ ।



    पोस्टमार्टमका लागि शव उर्लाबारीकै मङ्गलबारे अस्पताल पठाएको प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार