Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • ताइवानको वायुरक्षा क्षेत्रमा चीनले पठायो २९ लडाकु विमान

    ताइवानको वायुरक्षा क्षेत्रमा चीनले पठायो २९ लडाकु विमान

    अनलाइन नेपाल
  • आइतबार, १२ असार २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । चीनले ताइवानको वायु रक्षा क्षेत्रमा २९ वटा लडाकु विमान पठाएको छ ।

    ती विमानहरूमध्ये १७ वटा लडाकु विमान, ६ बमवर्षक र अन्य सहयोगी विमानसहितका लडाकु विमानहरू दक्षिणपश्चिम क्षेत्रबाट मङ्गलबार टापुको वायुरक्षा पहिचान क्षेत्रमा प्रवेश गरेको द स्टार अखबारले रक्षामन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ।



    यसअघि शुक्रबार अमेरिकी नौसेना पी-८ ए पोसेइडोन टोही विमान ताइवान स्ट्रेटमाथि उडेको थियो।



    ताइवान स्ट्रेटमा अमेरिकी निगरानी विमानको उडान ‘स्वतन्त्र र खुला इन्डो-प्यासिफिकको लागि अमेरिकाको प्रतिबद्धता’ को प्रदर्शनको रूपमा बुझ्ने गरिन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार