Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • जग्गा धितो राख्न रोक नलगाएको मन्त्री श्रेष्ठको भनाई

    जग्गा धितो राख्न रोक नलगाएको मन्त्री श्रेष्ठको भनाई

    अनलाइन नेपाल
  • सोमबार, १३ असार २०७९
  • 633
    SHARES

    फाइल फोटो

    काठमाडौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जग्गा धितो राख्न रोक नलगाएको स्पष्टीकरण दिएकी छन्

    सोमवार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री श्रेष्ठले सरकारले धितो राख्न रोक नलगाएको स्पष्ट पारेकी हुन् ।



    उनले स्थानीय तहबाट जग्गाको वर्गीकरण भएपश्चात् मात्र कित्ताकाट र धितो राखी ऋण लिन पाउने व्यवस्था गरिएको बताइन् ।



    हालका लागि भने जग्गाको किसिम कृषि क्षेत्र हो कि गैर कृषि क्षेत्रको हो भन्ने कुरा मात्रै खुलाए पुग्ने व्यवस्था गरेको उनको भनाई थियो ।

    मन्त्री श्रेष्ठले जग्गाको वर्गीकरण गर्न स्थानीय तहलाई अनुरोध गरेको बताइन् ।

    उनले सबै स्थानीय तहको भूउपयोग नक्सा तथा तथ्याङ्क तयार गरी स्थानीय तहहरूलाई हस्तान्तरण गरिसकेको उल्लेख गर्दै त्यसलाई आवश्यकता अनुसार अद्यावधिक गरी स्थानीय तहले जग्गाको वर्गीकरण गर्न सक्ने बताइन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार