Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जलाउँदै गरेको अवस्थामा १४ वर्षीया किशोरीको शव प्रहरी नियन्त्रणमा

    जलाउँदै गरेको अवस्थामा १४ वर्षीया किशोरीको शव प्रहरी नियन्त्रणमा

    अनलाइन नेपाल
  • बिहिबार, १६ असार २०७९
  • 978
    SHARES

    फाइल तस्विर

    वीरगञ्ज । जलाउँदै गरेको अवस्थामा १४ वर्षीया किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

    शंकास्पद रुपमा मृत्यु भएकी १४ वर्षीया महिमा कुमारीको शव प्रहरी र गाउँलेलाई जानकारी नै नदिई परिवारले अन्त्येष्टि गरेका थिए ।



    पर्साको बहुदरमाई नगरपालिका छपकैयास्थित आर्यघाटबाट आधा जलेको शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्सा ले जनाएको छ । परिवारले घरमै विष सेवन गरेर उनले आत्महत्या गरेको बताएका छन् ।



    घटनाबारे सूचना पाए लगत्तै प्रहरीले टोली परिचालन गरेर बुधबार राति नै शव नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार मलामी गएका केहि मानिस प्रहरीलाई देखेपछि भागेका थिए । शव पोष्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा ल्याइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार