Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • असंलग्न आन्दोलनका सिद्धान्तप्रति नेपाल प्रतिबद्ध छ : सभामुख सापकोटा

    असंलग्न आन्दोलनका सिद्धान्तप्रति नेपाल प्रतिबद्ध छ : सभामुख सापकोटा

    अनलाइन नेपाल
  • बिहिबार, १६ असार २०७९
  • 870
    SHARES

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नेपालको संविधानले असंलग्नतालाई आफ्नो परराष्ट्र नीतिको अभिन्न अंगका रूपमा समेटेको उल्लेख गर्दै ‘असंलग्न आन्दोलन’ का सिद्धान्तप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

    अजरबैजानको राजधानी बाकुमा बिहीबारदेखि सुरू भएको असंलग्न आन्दोलन संसदीय सञ्जालको सम्मेलनलाई सम्बोधन गर्दै उनले असंलग्न आन्दोलनका मूल्य, मान्यता र सिद्धान्तलाई बलियो बनाउन ‘असंलग्न आन्दोलन संसदीय सञ्जाल’ कोसेढुंगा सावित भएको बताए।



    असंलग्न आन्दोलन विश्वभरका देशहरूमा स्वतन्त्रता, स्वाबलम्बन, लोकतन्त्र र न्याय सुनिश्चित गर्न सफल भएको बताउँदै उनले सामूहिक प्रयासबाट द्वन्द्व र चुनौती घटाउन सकिएको उल्लेख गरे।



    सञ्जालले उदीयमान विश्वव्यापी चुनौतीलाई सम्बोधन गर्दै असंलग्न मान्यतालाई सघनरूपमा विस्तार गर्न संसदहरूलाई सक्षम बनाउने विश्वास व्यक्त गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार