Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गोरखा जिल्ला अदालतका तहसिलदार १५ हजार घुससहित होटलबाट पक्राउ

    गोरखा जिल्ला अदालतका तहसिलदार १५ हजार घुससहित होटलबाट पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १७ असार २०७९
  • 915
    SHARES

    गोरखा । गोरखा जिल्ला अदालतका कर्मचारी (तहसिलदार) रामचन्द्र केसी १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले केसीलाई बिहीबार राति पक्राउ गरेको हो ।



    काम मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस लिंदै गर्दा गोरखा सदरमुकामको एक होटलबाट उनलाई पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी देवी प्रसाद थपलियाले बताए ।



    घुससहित पक्राउ परेका केसीलाई शुक्रबार राति नै पोखरा लगिएको र आवश्यक छानविन भइरहेको थपलियाले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार