Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • पाण्डे र भट्टको मुख्यमन्त्री पद धरापमा

    पाण्डे र भट्टको मुख्यमन्त्री पद धरापमा

    अनलाइन नेपाल
  • शुक्रबार, १७ असार २०७९
  • 939
    SHARES

    काठमाडौं । वागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा छलफल गर्न सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक बोलाइएको छ ।

    बैठक आज दिउँसो बस्न लागेको हो । निर्वाचनको मिति घोषणापूर्व नै वागमती र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्ने तयारी गठबन्धनको छ ।



    वागमतीमा अहिले एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे र सुदूरपश्चिममा माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । वागमती प्रदेशको मुख्यमन्त्री कांग्रेसले र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीले दाबी गरेका छन् ।



    पाण्डेविरुद्ध कांग्रेस र माओवादी सांसदले हस्ताक्षर अभियानसमेत थालेका छन् । उनीहरूलाई हटाएर नयाँ मुख्यमन्त्री बनाउने विषयमा छलफल गर्न शुक्रबार गठबन्धनको बैठक बस्न लागेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार