Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • एमालेले गैरसंसदीय व्यवहार देखायो : राजेन्द्र पाण्डे

    एमालेले गैरसंसदीय व्यवहार देखायो : राजेन्द्र पाण्डे

    अनलाइन नेपाल
  • शनिबार, २३ असार २०८०
  • 561
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले नेकपा एमालेले असंसदीय व्यवहार देखाएको बताएका छन् ।

    शनिबार समाजवादी मोर्चाको पहिलो बैठकपछि सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।



    उनले एमालेले स्पष्टीकरणको मौका समेत नदिई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेर गल्ती गरेको टिप्पणी गरे । सत्ता गठबन्धनले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनु नपर्ने निर्णय गरेको उनले स्मरण गराए ।



    भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार