Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • अध्यक्ष नेपाललाई पाण्डेकाे चेतावनी– तपाईं बजेटको समर्थन गर्नुस्, हामी यथास्थितिमा गर्दैनौँ

    अध्यक्ष नेपाललाई पाण्डेकाे चेतावनी– तपाईं बजेटको समर्थन गर्नुस्, हामी यथास्थितिमा गर्दैनौँ

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 795
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले यथास्थितिमा बजेट पारित गर्न नदिने चेतावनी दिएका छन् ।

    आइतबार गाउँपालिका राष्ट्रिय महासङ्घले बजेटका बारेमा गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले बजेट यथास्थितिमा पारित गर्ने भए आफ्नो पार्टी र सांसदहरू त्यसमा समर्थन गर्न नसक्ने प्रस्ट्याए । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बजेट यथास्थितिमा पारित गर्न नदिने भनिसकेको बताए ।



    उपाध्यक्ष पाण्डेले भने, ‘यही अवस्थामा यो बजेट पास हुँदैन । मैले आफ्नो पार्टीको अध्यक्ष माधवकुमार नेपाललाई पनि सँगै लगेर भनेको छु, भोट हाले तपाईँ एक्लै हाल्नुस्, हामी हाल्दैनौँ भनेको छु।



    उनले केन्द्र सरकारले राष्ट्रिय गौरवका आयोजनामा केन्द्रित भएर बजेट ल्याएको भए यस्तो किसिमका समस्या नै नआउने दाबी गरे । त्यस्तै उनले सांसद र मन्त्रीहरूले आफूलाई अस्थायी ठान्दा विकास निर्माणमा समस्या भइरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार