Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • बिदा हुँदै सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भने- प्रदेशमा संघीयताको जग बसाल्यौँ

    बिदा हुँदै सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भने- प्रदेशमा संघीयताको जग बसाल्यौँ

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 513
    SHARES

    कैलाली । पाँच वर्षे कार्यकाल सकेर बिदा हुने बेलामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज पत्रकार सम्मेलन गरेर आफ्नो उपलब्धि सुनाएका छन् ।

    मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मुख्यमन्त्री भट्टले संरचना र कर्मचारीको अभावका बिच थुप्रै काम भएको बताएका छन् ।



    उनले आफ्नो कार्यकालमा सङ्घीयता जग बसाल्ने काम नै मुख्य उपलब्धि भएको काम भएको बताए । हामीले संघीयताको जग बसाल्ने काम गर्यौ मुख्यमन्त्री भट्टले भने त्यसैमा टेकेर आगामी सरकारले धेरै काम गर्न सक्छ ।



    आफ्नो कार्यकालमा उनले कृषि, पर्यटन जडीबुटी र ऊर्जालाई प्राथमिकता दिएको बताए। जिल्ला सदरमुकाम सम्म पनि सडक पुग्न नसकेको अवस्थामा उनले अहिले ४ सय किलोमिटर भन्दा बढी सडक कालोपत्रे गरेको मुख्यमन्त्रीको दाबी थियो ।

    भोली सुदूरपश्चिम प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । त्यसको पूर्व सन्ध्यामा मुख्यमन्त्री भट्टले सरकारको प्रगति विवरण सुनाएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार