Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • मुख्यमन्त्री भट्ट भन्छन् – संघीयताको उपलब्धि हेर्न गाउँ जानु पर्छ

    मुख्यमन्त्री भट्ट भन्छन् – संघीयताको उपलब्धि हेर्न गाउँ जानु पर्छ

    अनलाइन नेपाल
  • सोमबार, ३ असोज २०७९
  • 705
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सहरमा बसेकाहरूले संघीयताको विरोध गरिरहेको आरोप लगाएका छन् ।

    संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले त्यस्तो बताएका हुन्।



    उनले संघीयताले गाउँमा विकास भएको तर, सहरको नजरले त्यो नदेखेको बताए ।



    उनले भने, ‘सहरमा बसेकाहरूले संघियताको विरोध गरिरहेका छन् । सहरमा बसेर संघीयता चाहिँदैन, प्रदेश चाहिँदैन, धर्मनिरपेक्षता चाहिँदैन भनेर हुन्छ ? संघीयताको उपलब्धि हेर्न गाउँ जानु पर्छ।’

    संविधानको पूर्ण कार्यान्वयन भए संविधान दिवसको महत्त्व पनि संस्थागत हुने नभए दिवसको कार्यक्रम औपचारिकतामा सीमित रहने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार