Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अछाममा किशोर मृत्यु प्रकरण : पाँच दलले बन्द गराए यातायात

    अछाममा किशोर मृत्यु प्रकरण : पाँच दलले बन्द गराए यातायात

    अनलाइन नेपाल
  • आइतबार, १९ असार २०७९
  • 759
    SHARES

    अछाम । अछाममा विभिन्न पाँच दलले सवारी साधन बन्द गराएका छन्। अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय बिनोद शाही मृत भेटिएको घटनाका आरोपीलाई प्रहरीले पक्राउ नगरेको विरोधमा पाँच दलले आज अछाममा सवारीसाधन बन्द गराएका हुन् ।

    नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र विप्लव नेतृत्वको नेकपाले संयुक्त रुपमा जिल्लाभर सवारीसाधन बन्द गराएका हुन् । उनीहरुले आइतबार र सोमबार दुई दिन सवारी साधन बन्द गर्ने बताएका छन् ।



    पीडित पक्षले शाहीको हत्या गरेको आरोप लगाउँदै पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहितका १३ जनाविरुद्ध किटानी जाहेरी दिएपनि प्रहरीले पाँच जना बाहेक अरुलाई पक्राउ गरेको छैन ।



    किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भइसकेको महिनौँ दिन बितिसक्दा पनि उनीहरुलाई न्यायिक हिरासतमा नलिइएको भन्दै यातायात बन्दको घोषणा गरिएको विज्ञप्ती उल्लेख छ। विनोद शाहीका लागि न्याय माग्दै यसअघि स्थानीय स्तरमा आन्दोलनका कार्यक्रम भइरहेको थियो । तर अहिलेसम्म पनि दोषीलाई पक्राउ नगरेको भन्दै जिल्ला स्तरीय दबाबमुलक कार्यक्रम थालिएको संघर्ष समितिले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार