Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • श्रीलङ्काका राष्ट्रपतिद्वारा रुसी समकक्षीसँग फोनवार्ता, इन्धन समस्या समाधानको माग

    श्रीलङ्काका राष्ट्रपतिद्वारा रुसी समकक्षीसँग फोनवार्ता, इन्धन समस्या समाधानको माग

    अनलाइन नेपाल
  • बिहिबार, २३ असार २०७९
  • 738
    SHARES

    एजेन्सी । श्रीलङ्काका राष्ट्रपति गोटबाया राजपाक्ष र रूसी राष्ट्रिपति भ्लादिमिर पुटिनबीच टेलिफोन कुराकमानी भएको छ ।

    श्रीलङ्काका राष्ट्रपति राजपाक्षले पुटिनलाई फोन गरी आर्थिक सङ्कटका कारण आएको इन्धन समस्या समाधानका लागि सहयोग गर्न आग्रह गरेका हुन् ।



    राजपाक्षले पुटिनसँगको टेलिफोन वार्ता निकै उपलब्धिमूलक भएको जानकारी दिए । उक्त अवसरमा राजपाक्षले विगतका चुनौतीहरूको सामना गर्न रूसी सरकारले गरेको समर्थनको लागि नेता पुटिनप्रति आभार प्रकट गरेका थिए।



    उनले रूसी समकक्षी पुटिनसँग रूसी विमान कम्पनी ‘एरोफ्लट’ को सेवा श्रीलङ्कामा पुनः आरम्भ गर्न अनुरोध पनि गरेको उनको कार्यालयले बताएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार