Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • उच्चस्तरीय भेटवार्ता गर्ने

    चारदिने भ्रमणका लागि आइतबार नेपाल आउँदै वरिष्ठ चिनियाँ नेता लिउ जियान्चाओ

    चारदिने भ्रमणका लागि आइतबार नेपाल आउँदै वरिष्ठ चिनियाँ नेता लिउ जियान्चाओ

    अनलाइन नेपाल
  • बिहिबार, २३ असार २०७९
  • 825
    SHARES

    काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका नव नियुक्त विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेपाल आउने भएका छन् । आगामी आइतबार चारदिने भ्रमणका लागि जियान्चाओ नेपाल आउन लागेका हुन् ।

    परराष्ट्र मन्त्रालय स्रोतका अनुसार आगामी बुधबारसम्म लिउले उच्च राजनीतिक तहमा भेटवार्ता गर्नेछन् । भेटवार्ता मिलाउन परराष्ट्र मन्त्रालयले प्रमुख राजनीतिक दलसँग समन्वय गरिरहेको बताइएको छ ।



    नेपालमा रहँदा चिनियाँ नेताले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।



    तर यस बारे नेपालस्थित चिनियाँ राजदूतावासले भने आफूलाई पार्टीको तर्फबाट हुने भ्रमणबारे जानकारी नभएको उल्लेख गरेको छ ।

    विभाग प्रमुख लिउ र उपप्रमुख चेन झोउले केहि दिन अघि माओवादी, एमाले र कांग्रेसका नेताहरूसँग बेइजिङबाट भर्चुअल संवाद गरेका थिए ।

    दुई साता अघि ओली र दाहालसँगको संवादमा लिउले चीनको चाहना दुबै कम्युनिस्ट पार्टी मिलेर अघि बढून् भन्ने रहेको उल्लेख गरेका थिए । लिउ चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार