Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशन आजबाट बेइजिङमा सुरू हुँदै

    चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशन आजबाट बेइजिङमा सुरू हुँदै

    अनलाइन नेपाल
  • आइतबार, ३० असोज २०७९
  • 771
    SHARES

    एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ महाधिवेशन आजदेखि बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा सुरू हुने भएको छ ।

    महाधिवेशनमा २ हजार २ सय ९६ जना प्रतिनिधिले भाग लिने भएका छन् । यी प्रतिनिधिले समग्र चीनभरीका ९ करोड ६० लाख पार्टी सदस्यको प्रतिनिधित्व गर्ने भएका छन् ।



    बेइजिङको समय अनुसार आइतबार बिहान १० बजे महाधिवेशन सुरू भएपछि कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको प्रतिवेदनमाथि छलफल सुरु हुनेभएको छ ।



    महाधिवेशनमा सीपीसी केन्द्रीय समितिको अनुशासन निरीक्षण आयोगको प्रतिवेदनमाथि लेखाजोखा गरेर पार्टीका महत्वपूर्ण विषयमा छलफल, निर्णय गर्ने तथा कम्युनिष्ट पार्टीको नयाँ केन्द्रीय समिति र नयाँ केन्द्रीय अनुशासन निरीक्षण आयोगको निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार