Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • माओवादी र चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुबीच भेटवार्ता

    माओवादी र चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, १७ जेष्ठ २०८०
  • 918
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र चिनियाँ कम्युनिस्ट पार्टीका सिचुआन प्रान्तका पार्टी सचिव वाङ सियाओहुईबीच भेटवार्ता भएको छ ।

    आज बिहान पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सचिव वाङसहितको १४ सदस्यीय प्रतिनिधि मण्डल र माओवादीका नेताहरूसँग शिष्टाचार भेट भएको हो ।



    भेटका क्रममा दुई पार्टीका बीचमा सम्बन्ध बिस्तार, सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको बताईएको छ ।



    भेटमा माओवादीका महासचिव देव गुरुङ लगायतका पार्टीका नेताहरूको उपस्थिति रहेको थियो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजबाट तीन दिने भारत भ्रमण हुनुभन्दाअघि चिनियाँ कम्युनिस्ट पार्टीको टोलीबीच भएको भेटलाई अर्थपुर्ण रूपमा हेरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार