Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • गण्डकी सरकारबाट माओवादी केन्द्रको समर्थन फिर्ता

    गण्डकी सरकारबाट माओवादी केन्द्रको समर्थन फिर्ता

    अनलाइन नेपाल
  • बुधबार, २३ फाल्गुन २०८०
  • 327
    SHARES

    कास्की । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ता लिएको छ ।

    आज बिहान बसेको माओवादी संसदीय दल गण्डकीको बैठकले सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको हो।



    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन ७ दलीय गठबन्धन भत्काएर नयाँ समीकरण बनाएसँगै कांग्रेसका मुख्यमन्त्री पाण्डेले माओवादीका मन्त्री बर्खास्त गरेका थिए ।



    केन्द्रमा सत्ता समीकरण फेरिएलगत्तै गण्डकीका मुख्यमन्त्री पाण्डेले मंगलबारमात्र माओवादीका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार