Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • माओवादी केन्द्रले पनि कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने

    माओवादी केन्द्रले पनि कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने

    अनलाइन नेपाल
  • सोमबार, २९ असोज २०८०
  • 930
    SHARES

    विराटनगर। नेकपा माओवादी केन्द्रले पनि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ।

    माओवादी केन्द्र कोशी प्रदेशको सोमबार बसेको कार्यालय बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिनुपर्ने निष्कर्ष निकालेको हो ।



    कार्की नेकपा एमालेका ३९ र नेपाली कांग्रेसका ८ सांसदको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री बनेका थिए ।



    गठबन्धनको निर्णय विपरीत विद्रोह गर्दै कार्की एमालेको सहयोगमा मुख्यमन्त्री बनेका हुन् ।

    उनले बुधबार विश्वासको मत लिन लागेका छन् । प्रदेशसभा सचिवालयले बुधबारका लागि प्रदेशसभा बैठक बोलाएको छ ।

    गठबन्धन दल माओवादी केन्द्रसहित कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपाले पनि विश्वासको मत दिने सम्भावना छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस नेता डा.शेखर कोइरालाबीच गठबन्धनलाई बलियो बनाएर लाने सहमति भइसकेको छ । राप्रपा भने विश्वासको मतको विषयमा मौन छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार