Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • भूकम्प प्रभावित क्षेत्रमा माओवादीले तीन हजार बढी भोलेन्टियर खटाउने

    भूकम्प प्रभावित क्षेत्रमा माओवादीले तीन हजार बढी भोलेन्टियर खटाउने

    अनलाइन नेपाल
  • आइतबार, ३ मंसिर २०८०
  • 456
    SHARES

    सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले भूकम्प प्रभावित क्षेत्रमा तीन हजार एक सय भोलेन्टियर खटाउने भएको छ ।

    कर्णाली प्रदेश विशेष रूपान्तरण अभियानको समीक्षात्मक बैठकले उक्त निर्णय गरेको हो ।



    यसअघिको बैठकले २१ सयसम्म खटाउने निर्णय गरे पनि शनिबारको बैठकले त्यसलाई परिमार्जन गरेको छ।



    प्रभावित क्षेत्रमा खटिनेहरूले अस्थायी आवास तथा पुनर्निर्माण कार्यमा सहयोग गर्नेछन् । प्रत्येक जिल्लाहरुबाट टोली प्रभावित क्षेत्रमा परिचालन गरिने छ ।

    यद्यपि कसको नेतृत्वमा पठाउने भन्ने विषयमा अबको केही दिनमै टुङ्गो लाग्ने र तत्काल प्रभावित क्षेत्रमा भोलेन्टियरहरूलाई परिचालन गरिने निर्णय प्रदेश कमिटीले गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार