Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रधानमन्त्री प्रचण्डले चन्द्रागिरिबाट सुरु गरे ‘माओवादी विशेष अभियान’

    प्रधानमन्त्री प्रचण्डले चन्द्रागिरिबाट सुरु गरे ‘माओवादी विशेष अभियान’

    अनलाइन नेपाल
  • शनिबार, १६ भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत वडा तहको कार्यक्रम शुरू गरेको छ ।

    पञ्चेबाजासहित पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चन्द्रागिरिबाट वडास्तरको अभियानको पनि उद्‌घाटन गरेका हुन् ।



    यस अघि केन्द्रीय कमिटी बैठकले अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पनि सात प्रदेशका सात वटा वडासम्म पुग्ने घोषणा गरेको थियो ।



    प्रचण्डले कार्यक्रमको शुरूवात स्वरूप एभोकाडोसहितका फलफूलका बिरुवा रोपेका छन् । त्यसपछि उनले नागरिकसँग प्रत्यक्ष संवाद पनि गरेका छन् ।

    माओवादीले आजबाट देशभरका ६ हजार ७ सय ४३ वटै वडामा अभियान शुरू गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार