Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • माओवादीका केन्द्रीय सदस्य शर्माले गरे पार्टी परित्याग

    माओवादीका केन्द्रीय सदस्य शर्माले गरे पार्टी परित्याग

    अनलाइन नेपाल
  • बिहिबार, ८ चैत्र २०८०
  • 792
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी परित्याग गरेका छन् ।

    पार्टीमा गुटगत राजनीति मौलाएको भन्दै असन्तुष्ट बनेका शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका हुन् ।



    शर्माले अब के गर्ने भन्ने विषयमा निर्णय लिइनसकेको, तर राजनीतिमा नै रहने बताए ।



    त्यसका लागि तराई मधेशका एजेन्डा बोक्ने राजनीतिक दलसँग सहकार्य गर्ने र आफ्नो भूमिका स्पष्ट भएपछि नयाँ वर्षअघि नै निर्णय लिने उनको भनाइ छ ।

    उनले आफू पार्टी केन्द्रीय सदस्यमा १५ वर्षदेखि काम गरिरहेको, तर पार्टीले कुनै जिम्मेवारी नदिएर नाम मात्रैको नेता बनाएको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार