Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • माओवादी केन्द्र र समाजवादीबीच पार्टी एकता गर्ने सहमति

    माओवादी केन्द्र र समाजवादीबीच पार्टी एकता गर्ने सहमति

    बाबुराम भट्टराईको नेसपा फुट्यो

    अनलाइन नेपाल
  • शनिबार, ३ चैत्र २०८०
  • 540
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको छ ।

    शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको एकता संयोजन समितिको बैठकले सो निर्णय गरेको हो ।



    एकता प्रक्रियामा पार्टी अध्यक्ष बाबुराम भट्टराईलाई भने बाइपास गरिएको छ । भट्टराईलाई पनि सहभागी गराउने प्रयास असफल भएपछि नेसपा फुटाएर महिन्द्र रायले माओवादीसँग एकता गर्ने सहमति गरेका हुन् ।



    बैठकले एकीकृत पार्टीको नाम भने आगामी महाधिवेशनबाट टुंगो लगाउने निर्णय गरेको छ । साथै, पार्टी एकताका लागि वैचारिक एकरुपता र संगठनात्मक तयारीका लागि कार्यदल पनि गठन गरेको छ ।

    कार्यदलमा माओवादीको तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव रहेका छन् ।

    बाबुराम पछिल्लो समय एकता प्रक्रियाको विपक्षमा रहेका थिए । उनी आजको बैठकमा समेत सहभागी थिएनन् ।

    सहमतिमा माओवादी महासचिव देव गुरुङ र नेसपा महासचिव रमेशप्रसाद यादवले हस्ताक्षर गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार